मिडटाउन सिनेमाजमा मगर चलचित्र ‘मीसार’ को विशेष प्रदर्शन
कास्की | जेठ ११, २०७९
पोखरा: म्याक्सन फोरडी स्टुडियोको चौथो प्रस्तुतिमा निर्मित मगर समुदायको संस्कार संस्कृतिमा आधारित चलचित्र ‘मीसार’ को विशेष प्रदर्शन पोखरामा हुने भएको छ । एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजनामा यहि जेष्ठ १२ गते बिहीबार विहान ८ बजे पोखराको मिडटाउन सिनेमा हलमा सो चलचित्र प्रदर्शन हुने भएको हो ।
चलचित्र मगर समुदायको संस्कार र संस्कृतिमा आधारित उक्त चलचित्रमा नेपाली र मगर भाषा प्रयोग गरिएको चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए ।
उनका अनुसार सो चलचित्रमा दवेन्द्र थापा तुमसिं, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, रविन्द्र थापा मगर, भेष गुरुङ, भेष बहदुर पिठाकोटे मगर, कोटबहादुर बाचे मगर, निशा थापा मगर, पबित्रा थापा मगर, प्रेम माया आले मगर, मनिराज थापा मगर, चन्द्र मगर, सुमन आले मगर, धना राना मगर, वसन्त सारु मगर, मनमाया आले मगर लगायतको अभिनय रहेको छ ।
उक्त चलचित्रको कथा, छायाँकन, सम्पादन र निर्देशन शेरबहादुर पिठा मगर र सन्तोष पिठाकोटे मगरले गरेका छन् ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

